मेलबर्नविरूद्ध सन्दिप अन्तिममा महंगाे सावित

बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सबाट खेलिरहेका सन्दिप लामिछानेले मेलबर्न स्टार्सविरुद्धको खेलमा चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका छन ।

टिमका छैटौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए । उनको पहिलो बलमा ग्लेन म्याक्सवेलले एक रन दिँदा त्यसपछि मार्कुस स्टोनिसले दुई बल डट खेले । चौथो बलमा स्टोनिसले एक रन लिँदा पाँचौ बलमा म्याक्सवेलले अर्को एक रन दिए । ओभरको अन्तिम बलमा सन्दिपले डट फाले ।

त्यसपछि ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले मात्र दुई रन दिएर एक विकेट लिए । ओभरको पहिलो बलमा एक रन दिएका सन्दिपले दोस्रो ओभरमा म्याक्सवेलको विकेट लिन सफल भए । तेस्रो बल डट फालेका सन्दिपले चौथो बलमा एक रन दिए भने पाँचौ बलपनि डट फाले । ओभरको अन्तिम बल पनि डट फाले ।

त्यसपछि सन्दिपले तेस्रो ओभरमा १२ रन दिए । टिमको १६ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बलमा दुई रन दिए । त्यसपछि दोस्रो बलमा स्टोनिसले छक्का प्रहार गरे । तेस्रो बलमा एक रन दिएका उनले चौथो बलमा पनि एक रन खर्चिए भने पाँचौ बलमा पनि एक रन दिए । ओभरको अन्तिम बलमा उनले थप एक रन दिए ।

चौथो ओभरमा भने उनी निकै महंगो सावित भए । उनले अन्तिम ओभरमा १९ रन खर्चिए ।

पहिलो बलमा कार्टराइटको ब्याटबाट छक्का खाएका सन्दिपले दोस्रो बलमा एक रन दिए । त्यसपछि तेस्रो बलमा उनलाई स्टोनिसले चौका प्रहार गरे । चौथो बलमा मात्र एक रन दिएका सन्दिपले पाँचौ बलमा कार्टराईटले छक्का प्रहार गरे । ओभरको अन्तिम बलमा उनले मात्र एक रन दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest