मेलबर्न स्टार्सले दियाे १८४ रनकाे लक्ष्य

बिग ब्यास लिगमा मेलबर्न स्टार्सले सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सलाई एक सय ८४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८३ रन बनायो । खराव सुरुवात गरेको मेलबर्नले ११ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३९ रनमा दोस्रो विकेट खेर फालेको मेलबर्नले ४९ रनमा तेस्रो विकेट गुमाउन पुग्यो ।

चौथो विकेटका लागि मार्कुस स्टोनिस र निकोलस पुरनले अर्धशतकीय साझेदारी गरेका थिए । तर पुरन ब्यक्तिगत २६ रनमा आउट भएपछि मेलबर्नले एक सय नौ रनमा चौथो विकेट गुमायो ।

उसका लागि आन्द्रे फ्लेचरले १० रन बनाए भने निक लार्किनले चार, कप्तान ग्लेन म्याक्सवेलले ६ रन बनाए । त्यसपछि हिल्टोन कार्टराइटले ३६ रन बनाउँदा स्टोनीसले अविजीत ९७ रन बनाउँदा सेब गोचले खाता खोल्न सकेनन् ।

बलिङमा नाथन इलिसले तीन तथा रिले मेरेडिथले दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest