नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना मुक्त भएका छन । उनी २५ दिनपछि कोरोना फ्रि भएका हुन ।
अघिल्लो महिना राष्ट्रिय टिमको बन्द प्रशिक्षणका बेला पोजेटिभ देखिएका खड्काले विचमा परिक्षण गर्दा फेरी पनि पोजेटिभ आएको थियो । तर उनले सोमबार आफु कोरोना मुक्त भएको जानकारी दिएका छन ।
नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षण सुरु गर्दा सुरुवातमा केहि खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो भने अन्तिम तिर पारसलाई पोजेटिभ देखिएको थियो । जसका कारण उनल चितवनमा भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता खेल्न पाएका थिएनन् ।
After 25 days,milllion seconds that have passed by & Multiple PCR tests finally tested Covid-Negative.
Would like to thank everyone for your best wishes,special thanks to family,friends,doctors and ofcourse my superstar wife for taking care of things around me
Ready for 2021😀 pic.twitter.com/P3TbiqHCoZ— Paras Khadka (@paras77) January 4, 2021
कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले सामाजिक सञ्जालमा आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । पारस अर्को हप्ता आबुधावीमा हुने टी १० लिगका लागि जाने तालिका रहेको छ । उनी टिम आबुधावीको युवा खेलाडीको मेन्टरका रुपमा अनुबन्ध भएका छन ।
Discussion about this post