मोयन अलीलाई कोरोना पोजेटिभ

इंग्ल्याण्ड क्रिकेट टिमका अलराउण्डर मोयन अलीलाई कोरोना पोजेटिभ देखिएको छ । उनी श्रीलंका पुगेर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

इंग्ल्याण्ड क्रिकेट टिम टेष्ट, एकदिवसय सिरिजका लागि श्रीलंका पुगेको छ । श्रीलंकाको हम्बनटोटा पुगेपछि गरेको परिक्षणमा मोयन अलीलाई पोजेटिभ देखिएको हो ।

उनलाई १० दिनको आइसोलेसनमा राखिएको छ । श्रीलंकन सरकारको नियम अनुसार उनको नयाँ परिक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएमा जनवरी १३ मा टिममा संलग्न हुनेछन ।

तर उनले श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेल्नेमा भने शंका नै उब्जिएको छ । किनकी उनी १० दिनको आइसोलेसन समय सकेर फर्किएको दिन नै पहिलो टेष्ट सुरु हुनेछ ।

अलीको कन्ट्रयाक्टमा क्रिस ओक्स परेका छन । उनलाई पनि कम्तिमा सात दिनको आइसोलेसनमा राखिएको छ ।

इंग्ल्याण्ड टिमका बाँकी खेलाडीको दोस्रो परिक्षण मंगलबार विहान गरिनेछ । त्यसपछि पहिलो टेष्ट सुरु हुन अघिल्लो दिन गरिनेछ । इंग्ल्याण्डले श्रीलंकासँग दुई टेष्ट र तीन एकदिवसिय सिरिज खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest