Cricnepal.com
Thursday, January 21, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

मेलवर्न स्टार्ससँग होबार्ट हुरिकेन्स १० रनले पराजित

by Nischal Tiwari
January 4, 2021
0

अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।

टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाउनुभयो । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिनुभयो । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिनुभयो ।

लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिनुभयो । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल हुनुभयो । उहाँले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिनुभएको हो । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिनुभएको थियो । यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिनुभयो ।

यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिनुभएको थियो ।

Tags: Hobart HurricanesMelbourne Stars

सम्बन्धित समाचार

सन्दिप विकेटविहिन, हाेबर्ट ९ विकेटले पराजित

होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य

सन्दिपले एक विकेट लिएको खेलमा होबर्ट पराजित

मेलबर्न स्टार्सले दियाे १८४ रनकाे लक्ष्य

हाेबर्टकाे बिजयी सुरूवात

बिग व्यासमा सन्दिप लामिछाने होबार्ट हरिकेन्सबाट खेल्ने पक्का

Load More
Next Post

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

चितवन च्याम्पियन

Discussion about this post

मुख्य समाचार

आइपीएलमा कुन टिमले काे काे खेलाडी फुकुवा गरे ?

दिल्ली क्यापिटल्सबाट सन्दिप रिलिज

आर्मीकाे लगातार तेस्राे जित

January 21, 2021
Match 11
LUM
58/1
NPC
/
Scorecard | Series Home
January 21, 2021
Match 12
APF
17/3
Gandaki
/
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home
January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal