क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

नेपाली राष्ट्रिय क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त भएका छन । चितवनमा भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता खेलेर फर्किएपछि कोरोना पोजेटिभ भएर आइसोलेसनमा बसेका भण्डारी २१ दिनपछि कोरोना मुक्त भएका हुन ।

चितवनमा भएको गौतमबुद्ध कप जितेर फर्किएपछि अचानक ज्वरो आएका भण्डारीले परिक्षण गर्दा पोजेटिभ आएको थियो ।

त्यसपछि उनी होटेलमा आइसोलेसनमा बसेका थिए । २१ दिनपछि उनले परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक सञ्जालमा आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था ठिक भएको बताएका छन ।

गौतमबुद्ध कप क्रिकेटमा भण्डारीको कप्तानीमा रहेको राप्तीले उपाधि जितेको थियो । त्यो प्रतियोगिताबाट फर्किएपछि अरु केहिमा पनि पोजेटिभ देखिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest