बिग ब्यास लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेले होबर्ट हुरिकेन्सबाट लगातार तेस्रो खेल खेल्ने लगभग पक्का छ ।
सिड्नी थन्डर्सविरुद्धको खेलका लागि होबर्टले सार्वजनिक गरेको १६ खेलाडीको सूचीमा सन्दिप पनि परेका छन ।
होबर्ट र थन्डर्सको खेल विहिबार दिउँसो १२ बजेर ५५ मिनेटबाट सुरु हुनेछ ।
लिगको दोस्रो स्थानमा रहेको थन्डर्स र तेस्रो स्थानमा रहेको होबर्टविचको खेलमा सन्दिपको टिम विजयी भएमा लिगको दोस्रो स्थानमा उक्लिने छ ।
थन्डर्सको १९ अंक छ भने होबर्टको १८ अंक छ । सन्दिपले बिग ब्यासमा यो सिजनमा दुई खेलमा तीन विकेट लिएका छन ।
यसअघि मेलबर्नविरुद्ध खेलेका दुबै खेलमा उनले पहिलोमा दुई र दोस्रोमा एक विकेट लिएका थिए ।
Discussion about this post