हाेबर्ट टस जितेर बलिङमा, सन्दिप टिममा

बिग ब्यास लिगमा सिड्नी थन्डर्सविरुद्धको खेलमा होबर्ट हुरिकेन्सबाट नेपाली खेलाडी सन्दिप लामिछाने खेल्ने भएका छन ।

होबर्टले सार्वजनिक गरेको ११ खेलाडीको सूचीमा सन्दिपलाई टिममा समावेश गरिएको छ । हाेबर्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।

सन्दिपले यो सिजनमा होबर्टबाट लगातार तेस्रो खेल खेल्न लागेको हुन । उनले यसअघि दुई खेलमा तीन विकेट लिएका छन ।

पहिलो खेलमा मेलबर्नविरुद्धको खेलमा दुई विकेट लिएका सन्दिपले फेरी मेलबर्नविरुद्ध नै एक विकेट लिएका थिए ।

तर उनले पहिलो खेलमा चार ओभरमा ३८ रन खर्चिएका थिए भने दोस्रो खेलमा अन्तिम ओभरमा १९ रन दिँदा ३६ रन खर्चिएका थिए ।

जारी लिगमा होबर्टले खेलेका खेलमा पाँचमा जित र तीनमा हार ब्यहोरेको छ भने सिड्नीले पाँचमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest