सन्दिपले लिए एक विकेट

विग बास लिगमा सन्दीपले अहिलेसम्म चार ओभर बलिङ गर्दा १ विकेट लिएका छन् भने उनले २३ रन दिए । पहिलो ओभरमा ६ रन दिए भने दोस्रो ओभरमा चार रन दिएर एक विकेट हात पारे ।

सिड्नी थन्डर्सविरुद्धको खेलमा सन्दीपको टिम होबर्ट हुरिकेन्सले पहिला बलिङ गरिरहेको छ । सन्दीप टिमको छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए । पहिलो बलमा उस्मान ख्वाजाले रन लिन सकेनन् । तर दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बल डट राखेका सन्दीपले चौथो र पाँचौं बलमा एक एक रन खर्चिएका थिए भने अन्तिम बल पनि डट राख्न सफल भए । सन्दीपले पहिलो ओभरमा ६ रन दिए । यसैगरी दोस्रो ओभर लिएर सन्दीप आठौं ओभरमा आएका थिए ।

आठौं ओभरका पहिलो र दोस्रो बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बल डट राखे । यसैगरी चौथो बलमा फर्गुसनको विकेट लिन सफल भए । फर्गुसन एक रन बनाएर पभेलियन फर्किए । पाँचौं बलमा २ रन खर्चिएका सन्दीपले अन्तिम बल भने डट राख्न सफल भए । सन्दीपले २ ओभर बलिङ गर्दा १० रन खर्चिएर एक विकेट लिएका थिए ।

तेस्रो ओभर लिएर सन्दीप १२ औ ओभरमा आएका थिए । शुरुको दुई बलमा तीन रन खर्चिएका सन्दीपले त्यसपछिका दुई बल डट राखेका थिए । पाँचौं बलमा एक रन दिएका सन्दीपले अन्तिम बलमा भने २ रन खर्चिन पुगे । तेस्रो ओभरमा सन्दीपले ६ रन दिए । तीन ओभरसम्ममा सन्दीपले १६ रन खर्चिएर एक विकेट लिएका छन् ।

अन्तिम ओभर लिएर सन्दीप टिमको १४ औं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा २ रन दिएका थिए । तेस्रो र चौथो बलमा एक एक रन दिएका सन्दीपले पाँचौं बल डट राख्न सफल भए । तर, अन्तिम बलमा उनले चौका खान पुगे । चौथो ओभरमा उनले ८ रन खर्चिए । समग्रमा सन्दीपले आज चार ओभर बलिङ गर्दा २३ रन खर्चिएर एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest