सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष तथा पूर्व कप्तान सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार हृदयघात भएका उनलाई आज डिस्चार्ज गरिएको हो ।

वुडल्याण्ड अस्पतालमा उपचार गराएका गांगुलीको अवस्था ठिक रहेको अस्पतालले जनाएको छ । तर उनलाई चिकित्सकको निगरानीमा भने राखिने छ । अस्पतालमै चेकजाँचका लागि उनी तीन हप्ता पछि आउने गरि डिस्चार्ज भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार जिम गर्दा असजिलो महसुस गरेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएका बेला क्रिकेट जगतका साथै राजनीतिक नेतृत्वले पनि उनका बारेमा चासो ब्यक्त गरेका थिए । ४८ बर्षिय गांगुली काममा फर्कने भने कम्तिमा तीन साता लाग्ने बताइएको छ । उनलाई अस्पतालले बुधबार नै डिस्चार्ज गर्ने बताए पनि गांगुली आफैले एक दिन बढी बसेर आज डिस्चार्ज गर्न भनेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि गांगुलीले सबैलाई धन्यवाद पनि दिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest