बर्षाले प्रभावित भएको अस्ट्रेलियाको बलियो सुरुवात

भारतविरुद्धको तेस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले २ विकेट गुमाएर १६६ रन बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाका लागि डेविड वार्नर र विल पुवोस्कीले ओपनिङ गरेका थिए । पुवोस्कीको डेब्यु म्याच पनि हो । तर, अष्ट्रेलियाको ६ रन हुँदा डेविड वार्नर ५ रनमात्रै बनाएर आउट भएका थिए ।

पुवोस्की २६ रन बनाएर खेलिरहेका बेला भारतीय विकेट किपर ऋषभ पन्तले दुइ क्याच छाडेका थिए । जीवन दान सँगै उनले अर्धसतक पनि पुरा गरे । तर ६२ रनमा नवदीप सैनीको बल मा आउट भए । आउट हुनु अघी उनले लावुेसेन सँग मिलेर सतकिय साझेधरी पनि गरेर अष्ट्रेलियालाई बलियो सुरुवात दिलाए ।

अस्ट्रेलियाका मार्नस लावुेसेन र स्टिभ स्मिथ क्रिजमा रहेका छन् । लावुेसन ६७ र स्मीथ ३१ रन बनाएर खेलिरहेका छन् । भारतका मोहम्मद सिराज र नवदीप सैनीले एक एक विकेट लिएका छन् । चार टेस्ट म्याचको सिरिजमा दुवै टिमले एक एक म्याच जितेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest