सन्दिपले एक विकेट लिएको खेलमा होबर्ट पराजित

अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्र्ध होबर्ट हुरिकेन्स ३९ रनले पराजित भएको छ । सिड्नी थन्डर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको होवर्टले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्रै जोड्न सक्यो ।

होवर्टका लागि कप्तान पिटर ह्यान्डसकोमले सर्वाधिक ३० रन बनाउँदा बेन म्याक डेरमोटले २२ रनको योगदान गरे । यसैगरी डेभिड मलानले २० रन बनाउँदा डी आरसी जोन म्याथ्यू सटले १९ रन बनाए । कोलिन इंग्रामले १२ रन जोड्दा अरु कुनै पनि ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

सिड्नी थन्डर्सका लागि नाथन म्याक एन्ड्रयू, क्रिस ग्रिन र तनवीर संघाले समान दुई दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको सिड्नीले ५ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाएर आउट भएका थिए । एलेक्स हल्स २१ रन बनाए ।
ख्वाजा र हल्सले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । कप्तान कलुम फर्गुसन एक रन बनाएर आउट हुन पुगे ।

उनको विकेट नेपाली खेलाडी सन्दीप लामिछानेले लिएका हुन् । यसैगरी साम विलिंग्स पनि एक रनमै आउट हुन पुगेका थिए । सिड्नीका लागि एलेक्स रोज ४४ तथा बेन कटिङ ३१ रनमा नटआउट रहँदै निर्धारित ओरभमा टिमको स्कोर १६७ रन पुराउन सफल भए । जोन म्याथ्यु सटले सर्वाधिक तीन विकट लिँदा सन्दीपले एक विकेट लिए ।

सन्दीप टिमको छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए । पहिलो बलमा उस्मान ख्वाजाले रन लिन सकेनन् । तर दोस्रो बलमा चौका प्रहार गरे ।

तेस्रो बल डट राखेका सन्दीपले चौथो र पाँचौं बलमा एक एक रन खर्चिएका थिए भने अन्तिम बल पनि डट राख्न सफल भए । सन्दीपले पहिलो ओभरमा ६ रन दिए । यसैगरी दोस्रो ओभर लिएर सन्दीप आठौं ओभरमा आएका थिए । आठौं ओभरका पहिलो र दोस्रो बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बल डट राखे ।

यसैगरी चौथो बलमा फर्गुसनको विकेट लिन सफल भए । फर्गुसन एक रन बनाएर पभेलियन फर्किए । पाँचौं बलमा २ रन खर्चिएका सन्दीपले अन्तिम बल भने डट राख्न सफल भए । सन्दीपले २ ओभर बलिङ गर्दा १० रन खर्चिएर एक विकेट लिएका थिए ।

तेस्रो ओभर लिएर सन्दीप १२ औ ओभरमा आएका थिए । शुरुको दुई बलमा तीन रन खर्चिएका सन्दीपले त्यसपछिका दुई बल डट राखेका थिए । पाँचौं बलमा एक रन दिएका सन्दीपले अन्तिम बलमा भने २ रन खर्चिन पुगे । तेस्रो ओभरमा सन्दीपले ६ रन दिए । तीन ओभरसम्ममा सन्दीपले १६ रन खर्चिएर एक विकेट लिएका छन् ।

अन्तिम ओभर लिएर सन्दीप टिमको १४ औं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा २ रन दिएका थिए । तेस्रो र चौथो बलमा एक एक रन दिएका सन्दीपले पाँचौं बल डट राख्न सफल भए । तर, अन्तिम बलमा उनले चौका खान पुगे । चौथो ओभरमा उनले ८ रन खर्चिए । समग्रमा सन्दीपले आज चार ओभर बलिङ गर्दा २३ रन खर्चिएर एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest