पीएम कप पुरुष क्रिकेट माघको दुई गतेबाट सुरु हुने

नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता माघ दुई गतेबाट हुने भएको छ । यसका लागि क्यानले खेल तालिकापनि सार्वजनिक गरेको छ ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । पहिलो दुई दिनको खेल कीर्तिपुर मैदानमा हुनेछ ।

सात प्रदेश र तीन विभागिए टिम गरेर १० टिमको सहभागिता रहने प्रतियोगितालाई दुई समुहमा विभाजन गरिएको छ ।

जसमा समुह ए मा आर्मी, एपीएफ, गण्डकी, प्रदेश एक र कर्णाली प्रदेशलाई राखिएको छ भने समुह बी मा नेपाल पुलिस क्लव, बागमती, लुम्बनी, प्रदेश दुई र सुदुरपश्चिम प्रदेशलाई राखिएको छ ।

प्रतियोगिताको दोस्रो दिन एपीएफ र प्रदेश एक विच खेल हुनेछ । तेस्रो दिनबाट दिनमा दुई खेल हुनेछन ।

दुई समुहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । त्यसको विजेताले फाइनल खेल्नेछन । जुन माघ १७ गते हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest