आयरल्याण्डविरुद्ध यूएईको उत्कृष्ट जित

टेष्ट टिम आयरल्याण्डविरुद्धको पहिलो एकदिवसिय खेलमा यूएईले उत्कृष्ट जित निकालेको छ । जसमा यूएईले आयरल्याण्डलाई  ६ विकेटले हराएको छ ।

युएईमा भएको खेलमा पहिले ब्याटिङ गरेको पाहुना टिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । उसका लागि पौल स्र्टलिङले १३१ रनको शतकीय पारि खेले । यस्तै एन्डे बालब्रेनले ५३ रन बनाएका थिए । युएईका रोहन मुस्तफाले दुई विकेट लिए ।

आयरल्याण्डले दिएको २६५ रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभरमा ४ विकेट गुमाएर जित निकाल्न सफल भयो ।

युएईका लागि चुन्डगपायल रिजवान र मोहमम्द उस्मान दुवै जनाले शतकीय पारि खेलेका थिए ।

१३६ बल फेस गरेका रिजवानले १०९ रन बनाउँदा उनले एक छक्का र नौ चौका प्रहार गरे । रिजवान र उस्मानले २०५ बलमा १८४ रनको साझेदारी गर्दै युएईलाई जित नजिक पु¥याएका थिए । उस्मानले पनि नटआउट १०२ रनको पारि खेले ।

रिजवानले १०७ बल फेस गर्दा तीन छक्का र सात चौका प्रहार गरेका थिए । आयरल्याण्डका बेरी माकार्थि, कामफरले दुई दुई विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest