पारस र ज्ञानेन्द्र सहित नाै खेलाडी पीएसएलकाे ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

पीएसएलले शनिबार सार्वजनिक गरेको सूची अनुसार पारस र ज्ञानेन्द्रसहित ९ खेलाडी विदेशीको सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन् ।

ड्राफ्टमा पर्ने अन्य खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल र पवन सर्राफ रहेका छन् ।

यस्तै सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।

यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ क्याटेगोरीको

यस अघि नेपालका सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परिसकेका छन् ।

पीएसएलको ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest