अफगानिस्तानी खेलाडीले बिग ब्यास लिग बिचमा छाेड्ने

अफगानिस्तानी क्रिकेटर रासिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानले बिग ब्यास लिग छोड्ने भएका छन ।

अफगानिस्तानको आयरल्याण्डसँगको सिरिजका लागि उनीहरुले बिग ब्यास लिग विचमा नै छोडेर यूएई जाने भएका छन । त्यसमा रासिद खानले यो सिजनको बिग ब्यास लिगमा सोमबार राति अन्तिम खेल खेल्नेछन ।

अफगानिस्तानले यूएईमा आयरल्याण्डसँग एकदिवसिय सिरिज खेल्दैछ । यसअघि जनवरी १८ तारिखबाट हुने भनिएको प्रतियोगिता भिषाको समस्याका कारण तीन दिन पछाडी सारिएको छ ।

भिषाको समस्या कारण यो सिरिज ओमानमा गर्ने की भन्ने पनि चर्चा भएको थियो । तर अन्तिममा अफगानिस्तानी खेलाडीले भिषा पाएपछि प्रतियोगिता यूएईमा नै हुने भएको छ । जसमा पहिलो एकदिवसिय खेल जनवरी २१ ताखिरमा हुनेछ ।

बिग ब्यास लिग खेलिरहेका खेलाडीमा मोहम्मद नाबी भने यसअघि नै यएई गइसकेका छन भने मुजिबले आइतबारको खेल खेलेर यूएई जाने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest