‘पीएसएल’ को ड्राफ्ट आज हुँदै

पाकिस्तान सुपर लिग क्रिकेट ‘पीएसएल’को ड्राफ्ट आज हुँदै छ ।

फेब्रुअरीदेखि मार्चसम्म चल्ने प्रतियोगिताका लागि यसअघि सार्वजनिक गरिएको सूचीमा नेपालबाट पूर्व कप्तान पारस खड्का सहित कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, कुशल मल्ल, सुवास खकुरेल र आसिफ शेख रहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको नामहरूमा नेपालबाट सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडीको नाम रहेको छ ।
यसअघि नै अर्का नेपाली खेलाडी सन्दीप लामिछाने प्लेनिटम क्याटेगोरीकाे सूचीमा छन् । यही वर्षको फेब्रुअरी २० देखि २२ मार्चसम्म लाहोर र कराँचीमा हुने प्रतियोगिताको ड्राफ्ट आज साँझ सवा ५ बजे देखि शुरुहुने छ ।

प्रतियोगितामा सहभागी हरेक टिमले प्लेटिनम, डाइमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन तीन खेलाडी अनुबन्ध गर्नु पर्नेछ । ड्राफ्टमा एउटा टोलीले कम्तिमा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने नियम छ ।

पीएसएलले बनाएको नियम अनुसार यदि टिममा कुल १६ खेलाडी भएमा अनिवार्य रूपमा ११ पाकिस्तानी खेलाडी टिममा हुनुपर्ने छ भने १८ खेलाडी अनुबन्ध भएको खण्डमा १२ जना घरेलु खेलाडी राख्नु पर्नेछ । खेलका बेला एक टिमले चार जना विदेशी खेलाडी खेलाउन पाउने नियम छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest