तेस्राे टेष्ट जाेगाउन भारत दबावमा

अष्ट्रेलियाविरूद्धकाे तेस्रो टेस्ट जाेगाउनका लागि भारत निकै संघर्ष गरिरहेकाे छ । चाैथाे दिनकाे खेल सकिदा भारत तीन सय नाै रनले पछि रहेकाे छ । अष्ट्रेलियाले दिएकाे ४ सय ७ रनको बिशाल लक्ष्य पक्ष्याएकाे भारतले चाैथाे दिनकाे खेल सकिदा ९८ रन बनाउँदा २ विकेट गुमाएकाे छ । उसका दुबै अाेपनर पेभेलियन फर्किसकेका छन । राेहित शर्मा ५२ रनमा पेभेलियन फर्किए भने शुभंम गिल ३१ रनमा अाउट भए ।

अब भारतले पाँचाै दिन टेष्ट जाेगाउने याेजनाका साथ मैदानमा उत्रनेछ । यसअघि  चौंथो दिन अष्ट्रेलियाले दाेस्राे पारीमा ३ सय १२ रन जोडेर घोषणा गरेपछि भारतले ठूलाे लक्ष्य पाएकाे हाे ।

सिड्नी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलाे पारीमा ३ सय ३८ रन बनाएको थियो ।  उसका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय पारी खेलेका थिए । यस्तै ओपनर विल पोकोवस्कीले ६२ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २-२ विकेट लिए ।

जवाफमा भारतले पहिलाे पारीमा अलआउट हुँदै २ सय ४४ रन बनायाे । भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५०-५० रन बनाए । यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे । यस्तै रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । जोश हाजलउडले २ विकेट लिए ।

दोस्रो पारीमा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रन बनाउँदा स्टिभ स्मिथले ८१ रन जाेडे । यस्तै मार्नुस लेबुसचेनले ७३ रनकाे याेगदान गरे ।कप्तान टिम पेन ३९ रनमा अविजित रहे भने डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाए । भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २-२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest