सन्दिप पीएसएलमा बिक्रि भएनन्

पाकिस्तान सुपर लिगमा नेपालबाट कुनैपनि खेलाडी ड्राफ्टमा विक्रि भएनन् । नेपालबाट १० खेलाडी ड्राफ्टमा परेका थिए । त्यसमा सन्दिप प्लाटिनम ग्रपमा थिए भने नौ खेलाडी सिल्भर ग्रुपमा थिए । प्लाटिनम ग्रुपमा नाम दर्ता गराएका सन्दिप लामिछाने ड्राफ्टमा विक्रि भएनन् । ६ वटा टिमले प्लाटिनम राउण्डबाट चयन गर्नुपर्ने खेलाडीमा सन्दिपलाई छनोट गरेनन् ।

यो राउण्डमा इस्लामाबादले हसन अलीलाई लियो भने लाहोर कलन्दरले रासिद खान, मुल्तान सुल्तानले क्रिस लियोन, पेसावर जाल्मीले डेविड वार्नरलाई लियो भने क्वेटा ग्लाडियटर्सले क्रिस गेललाई अनुबन्ध गर्यो ।

त्यसपछि गोल्ड राउण्डमा पनि सन्दिपलाई कसैले पनि पिक गरेन । गोल्ड राउण्डबाट स्लामाबादले लुइस ग्रेगोरीलाई अनुबन्ध गर्यो भने कराचीले डान क्रिस्टियनले अनुबन्ध गर्यो । यस्तै लाहोर कलन्दर्सले समित पटेललाई लियो । यस्तै क्वेटा ग्लाडियटर्सले टोम बान्टोन र उस्मान सिनवारीलाई भित्र्यायो । यस्तै मुल्तान सुल्तानले चान्डविक वाल्टोनलाई भित्र्यायो ।

यसका साथै सिल्भर क्याटोगोरीमा रहेका नेपाली नौ खेलाडीपनि विक्रि हुन सकेनन् । यसमा पहिलो पटक नेपालबाट नौ खेलाडी ड्राफ्टमा परेका थिए । तर कसैले पनि नेपाली खेलाडीमा चासो देखाएनन् ।

सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest