अष्ट्रेलिया र भारतविचको तेस्रो टेष्ट बराबरीमा टुंगियाे

अष्ट्रेलिया र भारतविचको तेस्रो टेष्ट बराबरीमा सकिएको छ । पाँचौ दिनको खेल सकिँदा भारतले एक सय ३१ ओभरमा पाँच विकेट गुमाएर तीन सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

सिड्नी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा ३ सय ३८ रन बनाएको थियो ।  उसका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय पारी खेलेका थिए । यस्तै ओपनर विल पोकोवस्कीले ६२ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २-२ विकेट लिए ।

जवाफमा भारतले पहिलो पारीमा अलआउट हुँदै २ सय ४४ रन बनायो । भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५०(५० रन बनाए । यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे । यस्तै रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । जोश हाजलउडले २ विकेट लिए ।

दोस्रो पारीमा अष्ट्रेलियाले ३ सय १२ रन जोडेर घोषणा गरेपछि भारतले ठूलो लक्ष्य पाएको थियो । अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रन बनाउँदा स्टिभ स्मिथले ८१ रन जोडे । यस्तै मार्नुस लेबुसचेनले ७३ रनको योगदान गरे ।कप्तान टिम पेन ३९ रनमा अविजित रहे भने डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाए । भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २(२ विकेट लिए ।

अष्ट्रेलियाले दिएको ४ सय ७ रनको बिशाल लक्ष्य पक्ष्याएको भारतले ९८ रन बनाउँदा २ विकेटको अवस्थामा पाँचौ दिनको खेल सुरू गरेको थियो । चौथो दिनको खेल सकिँदा रोहित शर्मा ५२ रनमा पेभेलियन फर्किएका थिए भने शुभंम गिल ३१ रनमा आउट भए ।

दोस्रो पारीमा भारतकालागि रिशब पन्तले ९७ रन बनाए । उनले एक सय १८ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै चेतेश्वर पुजाराले ७७ रन बनाएका थिए ।

अन्तिममा हनुमान विहारी २३ तथा रविचन्द्रन आश्विन ३९ रनमा अविजित रहे । एक समय बलियो देखिएको भारत रिशब पन्त र चेतेश्वर पुजारा आउटभएपछि केहि डिफेन्सिभ देखिएको थियो । उसका आश्विन र विहारीले टेष्ट जोगाउने योजनाका साथ ब्याटिङ गरेका थिए । यो सँगै चार टेष्टको सिरिज एक एकको अवस्थामा रहेको छ । अब यो सिरिजको छिनोफानो अन्तिम टेष्टबाट हुने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest