बिराट र अनुष्कालाई पुत्री लाभ

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली छोरीका बुवा बनेका छन । उनकी श्रीमती नायीका अनुष्का शर्माले सोमबार छोरीलाई जन्म दिएकी हुन ।

विराटले आफ्नो सोसियल साइटमा पुत्री लाभ भएको जानकारी दिएका छन । उनले बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन ।

विराट श्रीमती गर्भवती भएकै कारण अष्ट्रेलिया विरुद्धको सिरिजबाट विचमा स्वदेश फर्किएका थिए ।

उनले बीसीसीआईसँग मागेको विदाईलाई बोर्डले स्विकार पनि गरेको छ ।

कोहलीले ट्विटरमा छोरीको बुवा भएको पोष्ट गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest