पीएम कप क्रिकेटका लागि सुदुरपश्चिम टिमकाे घाेषणा

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ । माघ दुई गतेबाट हुने प्रतियोगिताका लागि सुदुरले १४ खेलाडी र चार बैकल्पिक खेलाडीको घोषणा गरेको हो । छनोट प्रतियोगिता खेलाएर अन्तिममा पीएम कपका लागि टिमको घोषणा गरेको हो ।

सन्तोष भट्टको कप्तानीमा रहेको टिमको घोषणा गर्न अगाडी सुदुरले मंसिर २७ गतेबाट छनोट प्रतियोगिता गरेको थियो ।

सुदुरको टिममा कप्तानको जिम्मेवारी सन्तोष भट्टले पाएका छन भने उपकप्तानमा खड्कबहादुर बोहोरा छन । बाँकी खेलाडीमा अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट छन ।

बैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, दिपेन्दसिंह ऐरी, विक्रम थापा र विकाश आग्री छन ।

टिम ब्यवस्थापकमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही छन ।

माघ १७ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम टिम समुह बी मा रहेको छ । सो समुहमा नेपाल पुलिस, बागमती, लुम्बनी, प्रदेश दुई रहेका छन । जसमा सुदुरपश्चिमले आफ्नो पहिलो खेल बागमतीसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest