स्थिम टेष्ट बरियताकाे दाेस्राे स्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको नयाँ बरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन । भारतविरुद्धको तीन टेष्टमा राम्रो ब्याटिङ गरेको स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछि पारेर दोस्रो स्थानमा उक्लिएका हुन ।

स्मिथको आठ सय ७० रेटिङ रहेको छ । यस्तै पाकिस्तानका बाबर अजाम पाँचौं स्थानमा पुगेका छन भने इंग्ल्याण्डका बेन स्टोक छैटौं स्थानमा छन ।

न्यूजिल्याण्डका केन विलियम्सन शिर्ष स्थानमा यथावता छन । भारतीय खेलाडी अजिन्क्या राहाणे सातौं स्थानमा झर्दा चेतेश्वर पुजारा आठौं स्थानमा उक्लिएका छन ।

अलराउण्डमा भारतीय खेलाडी रविन्द्र जडेजा दोस्रो स्थानमा उक्लिएका छन । सो विधामा इंग्ल्याण्डका बेन स्टोक शिर्ष स्थानमा यथावत छन । बलिङमा प्याट कुमिन्स शिर्ष स्थानमा कायम छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest