जडेजाकाे औंलाको सल्यक्रिया

भारतीय क्रिकेट टिमका अलराउण्डर रविन्द्र जडेजाको औंलाको सल्यक्रिया गरिएको छ । तेस्रो टेष्टको पहिलो पारीमा चोट बोकेका जडेजाको सल्यक्रिया गरिएको हो ।

उनी चोटका कारण अष्ट्रेलियासँगको चौथो टेष्ट गुमाउने भएका छन ।

यसका साथै करिव ६ साता मैदान बाहिर हुने भएकाले इंग्ल्याण्डसँगको सुरुवाती दुई टेष्ट पनि नखेल्ने बताइएको छ ।

जडेजाले ट्विटरमा सल्यक्रियापछिको तस्विर सार्वजनिक गरेका छन । उनको सिड्नीमा नै सल्यक्रिया गरिएको हो ।

अब जडेजा स्वदेश फर्किने र बैंग्लोरमा रहेको नेशनल क्रिकेट एकेडेमीमा रिह्यावमा जानेछन ।

पछिल्लो पटक खेलाडीको चोटका कारण भारतलाई निकै दबाव बढेको छ । किनकी उसका तिब्रगतिका बलर जसप्रित बुम्राहपनि चोटका कारण चौथो टेष्ट नखेल्ने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest