होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।

पर्थमा पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा पाँच विकेट गुमाएँदै एक सय ३९ रन बनायो ।

खराव सुरुवात गरेको होबर्टले ३८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका बेन म्याकडेरमोट मात्र दुई रनमा आउट भए भने डाविड मालानले खाता खोल्न सकेनन् । यस्तै कप्तान पिटर ह्याण्डकोम्ब १३ रनमा आउट भए ।

पर्थका लागि कोलिन इन्ग्रामले १८ रन बनाउँदा डासी सोर्टले अर्धशतकीय पारी खेले । उनले ५४ रनको योगदान गरे । अन्तिममा टिम डाविडले ३१ र मिचेल ओवेनले ११ रन टिमको खाता थपेका थिए ।

बलिङमा आरोन हार्डीले दुई विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest