इङल्यान्ड बिरुद्ध घरेलु टोली श्रीलंका १३५ रनमा समेटियो

गाले, श्रीलंका (रासस–एएफपी) – श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ ।

टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो पारी मा मात्र १३५ रन बनाएर समेटियो । इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले तीन र स्पिनर डम बेस ले सर्बाधिक ५ विकेट लिए । २३ बर्षिय बेस ले १०.१ ओवर मा ३० रन दिएर ५ विकेट लिएका थिए ।

श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् ।

एन्जेलो म्याथ्युज (२७) र कप्तान चन्डीमल (२८) बीच अविजित ५६ रनको साझेदारी रहयो ।

इङल्यान्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए ।

गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन ।

यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest