भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल आज बाट शुरु भएको छ । ब्रिस्बेनको गाबा मैदानमा सुरु भएको खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
भारतले २ नयाँ खेलाडीलाई समाबेस गरेको छ । रवींद्र जडेजा, जसप्रीत बुमराह, अश्विन र हनुमा बिहारी चोटका कारण बाहिरिएका छन । नटराजन, वाशिङ्टन सुन्दर र सर्दल ठाकुरलाई टिममा समाबेस गरिएको छ ।
अष्ट्रेलियाका लागि कृष ह्यारिसलाई ओपनरको रुपमा समाबेस गरिएको छ ।
चार खेलको बोर्डर्-गावस्कर सिरिजमा दुबै टिम १-१ को बाराबारीमा छन । गाबा मैदानमा घरेलु टोलीले सन १९८८ यता कुनै खेल हारेको छैन ।
अष्ट्रेलियाका लागी स्पिन्नर नेथन लायन ले १०० औँ खेल खेल्दै छन ।
Discussion about this post