आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य दिएको छ ।

विनोद भण्डारीको शतकीय पारीमा आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले बलियो सुरुवात गरेको थियो । ६३ रनमा पहिलो विकेट गुमाएको आर्मीले एक सय ११ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

उसका लागि हरीशंकर झाले १४ रन बनाए भने राजु रिजालले ४५ रनको योगदान गरे । यस्तै रोहित पौडेलले १० रन बनाउँदा भिम शार्कीले १५ रनको योगदान गरे । यस्तै राजेश पुलामीले ३८ रन बनाउँदा लोशेक बमले ४२ रन थपे ।

आर्मीका लागि भण्डारीले शतकी पारी खेले । उनले ७२ बलमा शतक पुरा गरेका हुन । आक्रामक ब्याटिङ गरेका विनोदले नौ चौका र चार छक्का प्रहार गरेका हुुन । उनी एक सय ११ बलमा अविजीत रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest