पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो ।

विनोद भण्डारीको शतकीय पारीमा आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले बलियो सुरुवात गरेको थियो । ६३ रनमा पहिलो विकेट गुमाएको आर्मीले एक सय ११ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

उसका लागि हरीशंकर झाले १४ रन बनाए भने राजु रिजालले ४५ रनको योगदान गरे । यस्तै रोहित पौडेलले १० रन बनाउँदा भिम शार्कीले १५ रनको योगदान गरे । यस्तै राजेश पुलामीले ३८ रन बनाउँदा लोशेक बमले ४२ रन थपे ।

आर्मीका लागि भण्डारीले शतकी पारी खेले । उनले ७२ बलमा शतक पुरा गरेका हुन । आक्रामक ब्याटिङ गरेका विनोदले नौ चौका र चार छक्का प्रहार गरेका हुुन । उनी एक सय ११ बलमा अविजीत रहे ।

जवाफमा गण्डकी ४८ ओभरमा एक सय ८९ रनमा अलआउट भयो । खराव सुरुवात गरेको गण्डकीले सात रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् ।

गण्डकीका लागि अर्जुन कुमालले ३६ रन बनाउँदा समिर कडेलले ५० रन बनाए । यस्तै दिपक डुर्मेले २६ रनको योगदान गर्दा कप्तान विपिन खत्रीले अविजीत ३७ रन बनाए ।

बलिङमा आर्मीका राजेश पुलामीले पाँच विकेट लिँदा भिम शार्कीले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest