एपीएफले प्रदेश १ सामु २४४ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा अहिले विभागिए टिम एपीएफले प्रदेश एकलाई दुई सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि उसले ७१ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर आशिफ शेख अर्धशतक बनाएर आउट भए । उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । त्यसपछि सुवास खकुरेल १९ रनमा आउट भएपछि एपीएफले ९७ रनमा दोस्रो विकेट गुमायो ।

एपीएफका लागि कप्तान शरद भेषवाकरले २० रन बनाए भने प्रदिप ऐरी सात रनमा पेभेलियन फर्किए । जसका कारण एपीएफको एक सय ११ रन हुँदा चौथो विकेट गुमायो । यस्तै सुमित महर्जनले १४ रन बनाए ।

यस्तै बसन्त रेग्मीले ४० रन बनाए । तर पुछारका खेलाडी सस्तैमा आउट हुँदा एपीएफ रनमा अलआउट भयो । उसका लागि भुवन कार्कीले सात रन बनाउदा कमलसिंह ऐरी पाँच रनमा आउट भए । किशोर महतोले १९ रन बनाए । बलिङमा प्रदेश एकका फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवन यादवले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest