भारत र अष्ट्रेलिया विचको चौथो टेष्ट बर्षाका कारण प्रभावित भएको छ । जसका काण भारत पहिलो पारीमा तीन सय सात रनले पछाडी रहेको छ ।
ब्रिसबेनमा जारी खेलको पहिलो पारीमा अष्ट्रेलिया तीन सय ६९ रनमा अलआउट भएको थियो । जवाफमा भारतको स्कोर २६ ओभरमा ६२ रनमा दुई विकेट गुमाउँदा भारी बर्षा भएको थियो ।
जसका कारण खेल सुचारु हुन सकेन र दोस्रो दिनको खेल पुरा नभई रद्द भयो । अब भारतले तेस्रो दिन ९२ रनमा दुई विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ । बर्षाले दोस्रो दिन पुरा खेल नभएपछि भारतलाई दबाव बढेको छ ।
पहिलो पारीमा भारतका रोहित शर्माले ४४ रन बनाए भने शुंभम गिल मात्र सात रनमा आउट भए । भारतका चेतेश्वर पुजारा र अजिन्क्या राहाणे क्रिजमा रहेका छन ।
Discussion about this post