नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई एक सय १२ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई एक सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको पुलिसले ३२ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ४७ रनमा दोस्रो विकेट गुमाएको पुलिसले ६६ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उसका मध्यक्रमका खेलाडीविच दरिलो साझेदारी हुन सकेन । जसका कारण उसले एक सय दुई रन बनाउँदा ६ विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । जसका कारण १११ रनमा अलआउट भयो ।

पुलिसका लागि सुनील धमला र कुशल भर्तेलले समान १७–१७ रन बनाए भने दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१–२१ रन बनाए । तर अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अमित श्रेष्ठ ६ रनमा आउट भए भने कप्तान मञ्जित श्रेष्ठ पाँच रनमा पेभेलियन फर्किए ।

बलिङमा तिलक भण्डारी र नन्दन यादवले चार चार विकेट लिए भने रामनरेश गिरीले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest