शतकबाट ११ रनले चुके मण्डल

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीका ओपनर ब्याट्सम्यान अनिल मण्डले शतक बनाउनबाट मात्र ११ रनले चुक्न पुगे ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीका लागि ओपनरका रुपमा आएका मण्डल ८९ रनमा आउट हुन पुगे । उनलाई यूनीस सिंहले बोल्ड गरेका थिए ।

मण्डलले एक सय १४ बलमा १४ चौका प्रहार गरेका थिए । घरेलु क्रिकेटमा लामो समयपछि शतक बनाउने योजनामा उनी चुक्न पुगेका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest