प्रदेश एकले गण्डकीसामु १०३ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा प्रदेश एकले गण्डकी प्रदेशलाई एक सय तीन रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २७ ओभर चार बलमा एक सय दुई रनमा अलआउट भयो ।

मध्यम सुरुवात गरेको प्रदेश एकले ३७ रनमा पहिलो विकेट गुमाएको थियो । ५० रनमा दोस्रो विकेट गुमाएको प्रदेश एक अन्तिममा एक सय दुई रनमा अलआउट भयो । उसले बाँकी आठ विकेट ५२ रन बनाउँदा गुमायो ।

प्रदेश एकका लागि मनिश थापाले २२ रन बनाए भने कप्तान सिद्धान्त लोहनीले २४, दिपक पासवानले ११, शुभशंकर उराओले १२ रन बनाए ।

यस्तै दिपेश कँडेलले १० रन बनाउादा बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । उसका पुछारका तीन खेलाडीले खाता खोल्न सकेनन् ।

प्रदेश एकलाई सस्तैमा आउट गर्नका लागि सुवास भण्डारी र विशाल पौडेलले चार चार विकेट लिए । यस्तै विपिन खत्रीले दुई विकेट हात पारे । विशालले ह्याट्रिक सहित चार विकेट लिए । उनले २७ ओभरको दोस्रो बलमा हेमन्त राईलाई आउट गरे भने तेस्रो बलमा मनोज तामाङलाई एलबीडब्लु धरापमा पारे । यस्तै चौथो बलमा हेमन्त राईलाई आउट गर्दै ह्याट्रिक पुरा गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest