पहिलाे टेष्टमा इंग्ल्याण्ड विजयी

घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले ७ विकेटले जितेकाे छ ।

गालेमा पहिले ब्याटिङ गरेकाे श्रीलंका पहिलो पारीमा १ सय ३५ रनमा अलआउट भएको थियो । श्रीलंकाका कप्तान दिनेश चण्डीमालले सर्वाधिक २८ रन जोड्दा एन्जेलो म्याथ्युजले २७ रन बनाए । यस्तै डसुन सनकाले २३, कुशल परेराले २० र हसरंगा डी सिल्भाले १९ रन बनाए ।

जवाफमा इंग्ल्यान्डले पहिलाे पारीमा ४ सय २१ रन बनाएको थियाे । इंग्ल्यान्डका लागि कप्तान जोए रुट २ सय २८ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै डान लरेन्सले ७३ रन बनाए । जोनी बेयर्सटो ४७ रनमा आउट भए । श्रीलंकाका लासिथले ३ विकेट लिए ।

दोस्रो पारीमा श्रीलंका ३ सय ५९ रन समेटिएपछि इंग्ल्याण्डले मात्र ७४ रनकाे झिनाे लक्ष्य पाएकाे थियाे । उसका लागि लहिरु थिरिमानेले १ सय ११ रनको शतकीय पारी खेलेका थिए । यस्तै एन्जेलो म्याथ्युजले ७१ रन जोड्दा कुशल परेराले ६२ रन बनाए । बलिङमा इंग्ल्यान्डका ज्याक लिचले ५ डम बेसले ३ र साम करणले २ विकेट लिए ।

श्रीलंकाले दिएको ७४ रनको झिनाे लक्ष्य इंग्ल्यान्डले ३ विकेट गुमाएर पुरा गर्याे । दाेस्राे पारीमा इंग्ल्यान्डका जोनी बेयर्स्टोले अविजित ३५ रन जोडे भने डान लरेन्सले अविजित २१ रन बनाए ।

जितसंगै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest