बागमती प्रदेशले सुदुरपश्चिमलाई तीन सय रनको विशाल लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदुरपश्चिमलाई तीन सय रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पृथु बास्कोटा र आदिल खानको संयमित ब्याटिङका कारण ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ९९ रन बनायो ।

बागमतीले सुरुवात भने राम्रो गर्न सकेन । मात्र १६ रन हुँदा पहिलो विकेट गुमाएको बागमतीले ६० रनमा दोस्रो विकेट गुमायो । उसका आकाश थापा १३ रनमा आउट भए भने पारस खड्का २० रनमा पेभेलियन फर्किए ।

तर तेस्रो विकेटका लागि पृथु र आदिलले एक सय नौ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । आदिलले ६३ रनको योगदान गरे । उनले ८६ बलमा १० चौका प्रहार गरे । यस्तै पृथुले ९४ बलमा १० चौका र दुई छक्का प्रहार गरेर ८४ रन बनाए । यस्तै इशान पाण्डेले १७ रन बनाए ।

दुई सय ११ रनमा पाँचौ विकेट गुमाएको बागमतीका लागि छैटौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले अर्धशतकीय साझेदारी गरे । जसमा ज्ञानेन्द्र र विपिनले समान ३२–३२ रन बनाए । बलिङमा सुदुरका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest