सिड्नी थन्डर्स विरुद्धको खेलमा सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत होबर्ट हुरिकेन्सबाट खेलिरहेका नेपाली बलर सन्दिप लामिछानेले सिड्नी थन्डर्स विरुद्धको खेलमा आफ्नो चार ओभरमा २८ रन दिएका छन ।

टिमको पाँचौ ओभर लिएका आएका सन्दिपले पहिलो बल डट फाल्दा दोस्रो र तेस्रो बलमा एक एक रन दिए । चौथो बलमा वाइड फाल्दा अर्को बलमा एक रन दिए । पाँचौं बल डट फालेका सन्दिपले छैटौं बलमा लेगबाईमा दुई रन दिए ।

दोस्रो ओभरमा सन्दिपले नौं रन खर्चिए ।

उनले टिमको सातौं तथा ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दुई रन दिएका सन्दिपले तेस्रो बल डट फालेका थिए । चौथो बलमा चौका खाएका सन्दिपले पाँचौ र छैटौं बलमा एक एक रन दिए ।

तेस्रो ओभरमा सन्दिपले ५ रन दिए । टिमको १० औं तथा ब्यक्तिगत तेस्रो ओभरको पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिए । त्यसपछि तेस्रो, चौथो र पाँचौ बलमा पनि एक एक रन खर्चिए । ओभरको अन्तिम बलमा पनि एक रन दिएका थिए ।

चौथो ओभरमा सन्दिपले १० रन खर्चिए । जसमा पहिलो बलमा एक रन दिएका उनले दोस्रो ओभरमा चौका खाए । तेस्रो र चौथो बलमा एक एक रन दिएका उनले पाँचौं बल वाइड फाले । तर अर्को बल भने डट फाले । अन्तिम बलमा सन्दिपले एक रन दिए । तर उनले विकेट भने लिन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest