गण्डकीले कर्णाली प्रदेशलाई दुई सय पाँच रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई दुई सय पाँच रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो ।

गण्डकी प्रदेशका पाँच खेलाडीले मात्र दोहोरो अंक जोडे । खराव सुरुवात गरेको गण्डकीले दुई रनमा पहिलो विकेट गुमायो भने १४ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा तेस्रो विकेट गुमाएको गण्डकीको पारीलाई अर्जुन कुमाल र राहुल उपाध्यायले उकासेका थिए ।

उनीहरुले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि अरु खेलाडीविच दरिलो साझेदारी भने हुन सकेन ।

गण्डकीका लागि अर्जुनले ४६ रन बनाए भने राहुलले ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान विपिन खत्रीले ३२ रन बनाउँदा दिने बुढामगरले १० रन बनाए । अन्तिममा विशाल पौडेलले १५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest