लुम्बिनीद्वारा प्रदेश दुईलाई दुई सय ५७ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश दुईलाई दुई सय ५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५७ रन बनायो ।

लुम्बिनीका लागि सन्दिप रजाइलीले सर्वाधिक ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६ रन बनाए भने विक्रम भुषालल ३६ रन बनाए । सन्दिप सुनार ११ रनमा आउट हुँदा कृष्ण कार्की १० रनमा पेभेलियन फर्किए ।

राम्रो सुरुवात नगरेको लुम्बिनीले ४२ रन बनाउँदा तीन विकेट गुमायो । तर चौथो विकेटका लागि सौरभ खनाल र सन्दिप रजाइलीले ९५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।

तर त्यसपछि अरु खेलाडीविच खासै दरिलो साझेदारी हुन सकेन । बलिङमा हरिशंकर शाहले तीन तथा दिबांशु मालिकले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest