भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज जित्न सफल भएको छ । चौथो टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।

ब्रिसबेनमा पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ३६ रनमा अलआउट भयो । उसका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । रोहित शर्माले ४४ रन बनाउँदा मायांक अग्रवालले ३८ रन बनाए । यस्तै कप्तान अजिंका रहाने ३७ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए भने पाट कुमिन्स र मिचेल स्टार्कले २(२ विकेट लिए ।

जवाफमा अष्ट्रेलिया पहिलो पारीमा ३ सय ६९ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै कप्तान टिम पेनले ५० रन बनाउँदा क्यामरुन ग्रिनले ४७ रन जोडे । पूर्व कप्तान स्टिभ स्मिथले ३६ तथा म्याथ्यु वेडले ४५ रन बनाए ।

बलिङमा भारतका नटराजन र सार्दुल ठाकुरले ३(३ विकेट लिए ।

दोस्रो इनिङ्समा अष्ट्रेलिया २ सय ९४ रन समेटिएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो । उसका लागि दोस्रो पारीमा स्टिभ स्मिथले ५५ रन बनाए भने डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रन बनाए ।

बलिङमा भारतका मोहमद सिराजले ५ तथा सार्दुल ठाकुरले ४ विकेट लिए ।

सो लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्त ८९ रनमा अविजित रहे । यस्तै चेतेश्वर पुजाराले ५६ रन जोड्दा कप्तान अजिन्का रहानेले २४ रन बनाए । वासिङ्गटन सुन्दर २२ रनमा आउट भए । अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest