कर्णाली प्रदेशको ऐतिहासिक जित हात

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले ऐतिहासिक जित हात पारेको छ । उसले गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो ।

गण्डकी प्रदेशका पाँच खेलाडीले मात्र दोहोरो अंक जोडे । खराव सुरुवात गरेको गण्डकीले दुई रनमा पहिलो विकेट गुमायो भने १४ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा तेस्रो विकेट गुमाएको गण्डकीको पारीलाई अर्जुन कुमाल र राहुल उपाध्यायले उकासेका थिए ।

उनीहरुले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि अरु खेलाडीविच दरिलो साझेदारी भने हुन सकेन ।

गण्डकीका लागि अर्जुनले ४६ रन बनाए भने राहुलले ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान विपिन खत्रीले ३२ रन बनाउँदा दिने बुढामगरले १० रन बनाए । अन्तिममा विशाल पौडेलले १५ रन बनाए ।

जवाफमा कर्णालीले ३६ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कर्णालीको जितमा हिमांशु शाहीले ६८ रन बनाए भने विपिन रावलले ४९ रन बनाए । यस्तै राज शाहले ३२ रन बनाए ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । गण्डकीले दोस्रो खेलमा प्रदेश एक लाई २ विकेटले हराएको थियो ।

गण्डकीले आफ्नो अन्तिम खेल एपिएफसँग माघ ८ मा मुलपानीमा खेल्ने छ । कर्णालीले तेस्रो खेलमा माघ ९ मा टियुमा खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest