प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको समूह बी बाट लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमै जित हासिल गरेको छ । लुम्बिनीले प्रदेश २ माथि ७७ रनको जित रचेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५७ रन बनायो ।

लुम्बिनीका लागि सन्दिप रजाइलीले सर्वाधिक ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६ रन बनाए भने विक्रम भुषालल ३६ रन बनाए । सन्दिप सुनार ११ रनमा आउट हुँदा कृष्ण कार्की १० रनमा पेभेलियन फर्किए ।

राम्रो सुरुवात नगरेको लुम्बिनीले ४२ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि सौरभ खनाल र सन्दिप रजाइलीले ९५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । लुम्बिनीले

तर त्यसपछि अरु खेलाडीविच खासै दरिलो साझेदारी हुन सकेन । बलिङमा हरिशंकर शाहले तीन तथा दिबांशु मालिकले दुई विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा २ सय ५८ रनको लक्ष्य पछ्याएको २ नम्बर प्रदेश टोली ४२‍।२ ओभरमा १८० रनमा समेटियो । प्रदेश २ ले राम्रो सुरुआत गरेको थियो । ओपनर सुधीर चौधरीले ४२ र हरिशंकर साहले २२ रन जोडे ।

कप्तान सुरज कुर्मी ६ रनमै आउट भए पनि तेस्रो विकेटका लागि सुधीरले मेहबुब आलमसँग मिलेर ४९ रनको साझेदारी गरेका थिए । मेहबुबले ३१ रनको योगदान दिए ।

प्रदेश २ का मध्य र अन्तिम क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन बिर्सनलायक रह्यो । अन्तिम क्रममा विवेक यादवले ५१ रन बनाएर पारी उकास्ने प्रयास गरेका थिए । उनले अन्तिम विकेटका लागि दिव्यांशु मल्लिकका लागि ५६ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

लुम्बिनीका अनिल खरेलले सर्बाधिक ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चिए । दिपेन्द्र रावतले २ तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले १र१ विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest