सुदुरले पुलिससामु मात्र १११ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले नेपाल पुलिस क्लवलाई मात्र १ सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ३३ अाेभर एक बलमा एक सय १० रनमा अलआउट भयो । खराव सुरुवात गरेको सुदुरपश्चिमले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर सन्तोष भट्ट खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि खड्क बोहोरा र सन्जु धामीले ८० रनको साझेदारी गरेका थिए । तर सन्जु ब्यक्तिगत ३५ रनमा आउट भएपछि सुदुरले दोस्रो विकेट गुमायो । तर त्यसपछि सुदुरको विकेट झर्ने क्रम रोकिएन ।

उसका लागि खड्क बोहोराले ४० रन बनाए भने सन्जुले ३५ रन जोडे । यस्तै अरुण ऐरीले १३ रन बनाउँदा अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

एक सय दुई रन हुँदा चार विकेट गुमाएको सुदुरले खातामा अरु ८ रन जोड्दा अलआउट भयो । उसका पुछारका चार खेलाडीले खाता खोल्न सकेनन् । बलिङमा सागर ढकालले र दिपेन्द्र सिंह ऐरीले चार चार विकेट गुमाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest