प्रदेश एकले आर्मीलाई मात्र एक सय ३२ रनको लक्ष्य दियाे

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले त्रिभुवन आर्मीलाई मात्र एक सय ३२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ४१ ओभर एक बलमा एक सय ३१ रनमा अलआउट भयो ।

उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा विवेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिरदोश अन्सारीले ३२ तथा दिपक पासवानले १९ रनब नाए । यस्तै दिपेश कँडेलले ११ रन बनाउँदा बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

खराव सुरुवात गरेको प्रदेश एकले नौ रनमा पहिलो विकेट गुमायो । त्यसपछि २० रन हुँदा दोस्रो विकेट गुमाएको उसले २९ रनमा तेस्रो विकेट झर्यो । तर चौथो विकेटका लागि विवेक र फिरदोशविच ७७ रनको साझेदारी भएको थियो ।

तर विवेक अर्धशतक बनाएर आउट भएपछि प्रदेश एकको पारी ध्वस्त भयो । उसले स्कोरबोर्डमा अरु २५ रन थप्दा अलआउट भयो ।
बलिङमा आकाश चन्दले तीन तथा साहाब आलमले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest