आर्मीकाे लगातार तेस्राे जित

त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । आज भएको खेलमा आर्मीले प्रदेश एकलाई ४ विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ४१ ओभर एक बलमा एक सय ३१ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा विवेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिरदोश अन्सारीले ३२ तथा दिपक पासवानले १९ रनब नाए । यस्तै दिपेश कँडेलले ११ रन बनाउँदा बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

खराव सुरुवात गरेको प्रदेश एकले नौ रनमा पहिलो विकेट गुमायो । त्यसपछि २० रन हुँदा दोस्रो विकेट गुमाएको उसले २९ रनमा तेस्रो विकेट झर्यो । तर चौथो विकेटका लागि विवेक र फिरदोशविच ७७ रनको साझेदारी भएको थियो । तर विवेक अर्धशतक बनाएर आउट भएपछि प्रदेश एकको पारी ध्वस्त भयो । उसले स्कोरबोर्डमा अरु रन थप्दा अलआउट भयो ।

बलिङमा साहाब आलमले चार तथा आकाश चन्दले तीन विकेट लिए ।

जवाफमा निकै खराव सुरुवात गरेको आर्मीले २९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । स्कोरबोर्डमा रन जोड्न नपाउँदै पहिलो विकेट गुमाएको आर्मीले १९ रनमा दोस्रो विकेट गुमाएको । अघिल्लो खेलमा म्यान अफ दी म्याच बनेका उसका ओपनर अनील मण्डल खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि लोकेश बमपनि १३ रनमा पेभेलियन फर्किए ।

आर्मीले अरु दुई विकेटपनि सस्तैमा गुमायो । हरी चौहान आठ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी मात्र पाँच रनमा पेभेलियन फर्किए । जसका कारण उसले ४१ रन बनाउँदा चार विकेट गुमायो । पाँचौं विकेटका लागि रोहित पौडेल र भिम सार्कीविच अर्धशतकीय साझेदारी भएपछि टिमको पारी सम्हालिएको थियो ।

तर रोहित ब्यक्तिगत ३६ रनमा आउट भएपछि आर्मीले ९१ रनमा पाँचौं विकेट गुमायो । तर त्यसपछि भिम शार्की र राजेश पुलामीले टिमलाई जित दिलाए । भिमले २९ रन बनाए भने राजेशले अविजित २४ रन बनाए ।

यो जितपछि आर्मीले तीन खेलमा ६ अंक बनाउँदा सेमिफाइनलको यात्रा पक्का लगभग पक्का गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest