दिल्ली क्यापिटल्सबाट सन्दिप रिलिज

नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले अर्को सिजनका लागि टिमबाट रिलिज गरेको छ ।

नयाँ सिजनको आइपीएलका लागि दिल्लीले तीन सिजन टिममा रहेका सन्दिपलाई रिलिज गर्ने निर्णय गरेको हो ।

सुरुवाती दुई सिजन आइपीएल खेलेपछि अघिल्लो सिजनमा बेन्चमा विताएका सन्दिपलाई दिल्लीले रिटेन नगर्ने निर्णय गरेको छ । दिल्लीले सन्दिपसँगै जेसोन रोय र मोहित शर्मालाई पनि फुकुवा गरेको छ ।

Read the English versionDelhi Capitals release Sandeep Lamichhane

दिल्ली सन् २०१८ मा २० लाख भारतीय रुपैयाँमा अक्सनबाट दिल्लीमा अनुबन्ध भएका थिए । उनले आइपीएलमा आफ्नो पहिलो सिजनमा पुछारका तीन खेल खेल्न पाएका थिए । जसमा उनले पाँच विकेट लिएका थिए ।

त्यसपछि २०१९ मा सन्दिपले ६ खेल खेल्दा आठ विकेट हात पारेका थिए । तर अघिल्लो सिजनमा भने सन्दिपलाई पुरै सिजन बेन्चमा राखिएको थियो । त्यो सिजनमा उनको टिम फाइनलमा पुगेर मुम्बईसँग पराजित भएको थियो ।

दिल्लीले सन्दिपलाई रिलिज गरेपछि अब उनी अक्सनमा जाने भएका छन । जसमा उनीमाथि कुनै टिमले बोली लगाएमा दिल्लीबाट पाउँदै आएको रकम भन्दा बढि पाउने पनि संभावना रहेको छ । बुधबारसम्म सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची बुझाउनुपर्नेछ । जसका कारणपनि सबै टिमले त्यो सूची तयार पार्न थालेका छन ।

दिल्लीले यो सिजनमा तिब्र गतिका बलर डानियल साम्सलाई रोयल च्यालेञ्जर्स बैंग्लोरमा विक्रि गर्ने भएको छ । यस्तै विस्फोटक ब्याट्सम्यान मार्कुस स्टोनिसलाई भने टिममा राख्ने भएको छ । २०२० सिजनमा स्टोनिसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest