आइपीएलमा कुन टिमले काे काे खेलाडी फुकुवा गरे ?

नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले अर्को सिजनका लागि टिमबाट रिलिज गरेको छ ।

नयाँ सिजनको आइपीएलका लागि दिल्लीले तीन सिजन टिममा रहेका सन्दिपलाई रिलिज गर्ने निर्णय गरेको हो ।

सुरुवाती दुई सिजन आइपीएल खेलेपछि अघिल्लो सिजनमा बेन्चमा विताएका सन्दिपलाई दिल्लीले रिटेन नगर्ने निर्णय गरेको छ । दिल्लीले सन्दिपसँगै जेसोन रोय र मोहित शर्मालाई पनि फुकुवा गरेको छ ।

दिल्ली सन् २०१८ मा २० हजार भारतीय रुपैयाँमा अक्सनबाट दिल्लीमा अनुबन्ध भएका थिए । उनले आइपीएलमा आफ्नो पहिलो सिजनमा पुछारका तीन खेल खेल्न पाएका थिए । जसमा उनले पाँच विकेट लिएका थिए ।

त्यसपछि २०१९ मा सन्दिपले ६ खेल खेल्दा आठ विकेट हात पारेका थिए । तर अघिल्लो सिजनमा भने सन्दिपलाई पुरै सिजन बेन्चमा राखिएको थियो । त्यो सिजनमा उनको टिम फाइनलमा पुगेर मुम्बईसँग पराजित भएको थियो ।

दिल्लीले सन्दिपलाई रिलिज गरेपछि अब उनी अक्सनमा जाने भएका छन । जसमा उनीमाथि कुनै टिमले बोली लगाएमा दिल्लीबाट पाउँदै आएको रकम भन्दा बढि पाउने पनि संभावना रहेको छ । बुधबारसम्म सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची बुझाउनुपर्नेछ । जसका कारणपनि सबै टिमले त्यो सूची तयार पार्न थालेका छन ।

दिल्लीले यो सिजनमा तिब्र गतिका बलर डानियल साम्सलाई रोयल च्यालेञ्जर्स बैंग्लोरमा विक्रि गर्ने भएको छ । यस्तै विस्फोटक ब्याट्सम्यान मार्कुस स्टोनिसलाई भने टिममा राख्ने भएको छ ।

आइपीएल टिम किंग्स ११ पञ्जावले आठ खेलाडीलाई रिलिज गरेको छ । जसमा केहि ठुला नाम पनि रहेका छन । रिलिज हुने खेलाडीमा ग्लेन म्याक्सवेल, मुजिब उर रहमान, सेल्डोन कोटरेल, के गोथाम, जिमी निसाम, हार्दुस भिल्जोइन, करुन नायर, गौरभ सुन्दरारमन छन ।
तर टिमले प्रशिक्षकलाई पाँच बर्षमा पहिलो पटक रिटेन गरेको छ ।

यस्तै सनराइजर्स हैदरावादले पाँच खेलाडीलाई रिलिज गरेको छ । जसमा बिली स्टानलेकी, फाबियन एलेन, सञ्जय यादव, बी सन्दिप, पृथ्वी राज छन ।

यस्तै चेन्नेई सुपर किंग्सले ६ खेलाडीलाई रिलिज गरेको छ । त्यसमा पिउस चावला, केदार ज्यादभ, मुरली विजय, हरभजन सिंह, मोनु कुमार सिंह र सेन वाट्सन छन । सेट वाटसनले सन्यास लिइसकेका छन ।

रोयल च्यालेञ्जर्स बैंग्लोरले १० खेलाडीलाई आगामी सिजन अगाडी रिलिज गरेको छ ।

नयाँ सिजनको अक्सन अगाडी बैंग्लोरले रिलिज गरेका खेलाडीमा ६ स्वदेशी र चार विदेशी खेलाडी रहेका छन ।

बैंग्लोरले रिलिज गरेका खेलाडीमा मोयन अली, आरोन फिन्च, डेल स्टेन, क्रिस मोरिस, शिंभम दुबे, गुरकिरत सिंह मन, पवन नेगी, पार्थिव पटेल (जसले सन्यास लिइसकेका छन) इसुरु उडाना र उमेश यादव छन ।

टिमले १२ खेलाडीलाई रिटेन गरेको छ । रिटेन हुने खेलाडीमा कप्तान विराट कोहली, एवी डिभिलियर्स, युज्वेन्दर चाहल, देवदत्त पाडिकल, वासिंटन सुन्दर, मोहम्मद सिराज, नभदिप सैनी, अडम जाम्पा, सहबाज अहमद, जोस फिलिप, केन रिचार्डसन, पभन देशपाण्डे छन ।

यस्तै राजस्थानले स्टिभ स्मिथलाई रिलिज गरेको छ । उसले कप्तानको जिम्मा सञ्जु सामसनलाई दिएको छ भने टिम डाइरेक्टरमा कुमार सांगाकारालाई ल्याएको छ ।

यस्तै मुम्बई इन्डियन्सले सात खेलाडीलाई रिलिज गरेको छ । जसमा श्रीलंकन बलर लसिथ मालिंगा, वेष्ट इन्डिजका सेरफान रुथरफोर्ड, जेम्स पाटिसन, सेरफन रुथेरफोर्ड, मचेल म्याक्लेनेगन, प्रिन् िबालवान्त राई, दिगविजय देशमुख रहेका छन ।

यस्तै कोलकाता नाइटराइडर्सले टोम बान्टोन क्रिस ग्रिन, सिदेश लाड, निखिल नायक, एम सिदार्थ र हेरी गुर्नेलाई रिलिज गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest