Upcoming Sat, 17 April 21, 1:15 pm
Nepal
Netherlands
Match yet to begin
Upcoming Sun, 18 April 21, 12:15 pm
Malaysia
Netherlands
Match yet to begin
Upcoming Mon, 19 April 21, 1:15 pm
Nepal
Malaysia
Match yet to begin
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य प्रस्तुत, सुनिल धमलाको शतक

by cricnepal.com Staff
January 21, 2021 - Updated on February 10, 2021
0

Sunil Dhamala scored 100 against Lumbini Province in PM Cup 2021. Photo: CAN/FB

0
SHARES

सुनिल धमलाको शतकीय पारिको मद्दतले नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ओभरका ४ विकेट गुमाएर ३१० रन बनायो ।

पुलिसका लागि धमलाले १०४ रनको शतकीय पारि खेले । उनले १४४ बलमा १०४ रन बनाएर आउट भएका हुन् । पुलिसको शुरुवात भने राम्रो थिएन । सुनिलसँगै ओपनिङ आएका कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा पुलिसको स्कोरबोर्डमा २७ रन थियो । सुनिल र अमित श्रेष्ठले पुलिसको पारि अघि बढाएको थिए । अमित २८ रनमा आउट हुन पुगे ।

४९ बल फेस गरेका अमितले ३ चौका प्रहार गरेका थिए । अमित आउट हुँदा पुलिसले २ विकेट गुमाएर ८४ रन बनाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले सुनिललाई गतिलो साथ दिए । सुनिलले ९६ बलमा अर्धशतक पुरा गरे भने १४२ बलमा शतक नै बनाए । शतक बनाएपछि भने धेरैबेर सुनिल टिकेनन् । उनी व्यक्तिगत १०४ रन बनाउँदा पभेलियन फर्कि ।

तर यस बीचमा दीपेन्द्र र सुनिलले पुलिसको स्कोर २१३ रनमा पुर्याएका थिए । यसैगरी ऐरीले पनि अर्धशतक पुरा गरेका थिए । ऐरीले ३८ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाएपछि फास्ट रन बनाउने क्रममा आउट हुन पुगे । उनले ६१ बलमा ८५ रन बनाएर आउट भएका हुन् । ऐरीले ६ छक्का र तीन चौका प्रहार गरेका थिए । आरिफ शेख र पवन शर्राफले आक्रमक पारि खेले । आरिफ १४ बलमा दुई चौका र दुई छक्काको मद्दतले २९ रन बनाए ।

यसैगरी अर्का आक्रमक ब्याट्सम्यान शर्राफले १३ बलमा अर्धशतक पुरा गरे । ६ छक्का तथा एक चौका प्रहार गरे । प्रधानमन्त्री कपमा सर्वाधिक छिटो अर्धशतकको नाम पनि शर्राफको नाममा रहेको छ । लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिए ।

Tags: Nepal Police ClubSunil Dhamala

सम्बन्धित समाचार

नेपाल पुलिस क्लवको फराकिलो जित

मेयर्स कपकाे उपाधि पुलिसकाे पाेल्टामा

पुलिसले एपीएफबाट पायाे मात्र १०६ रनकाे लक्ष्य

मेयर कप फाइनलमा एपीएफकाे खराव ब्याटिङ

मेयर कपकाे उपाधि जित्ने विश्वासमा एपीएफ र पुलिस

पुलिस मेयर कपकाे फाइनलमा

Load More
Next Post

गण्डकीले एपीएफलाई १०७ रनको लक्ष्य

एपीएफकाे लगातार दाेस्राे जित

Discussion about this post

  • March 13, 2021
    Final
    Nepal APF Club
    105/10 (29.4 ov)
    Nepal Police Club
    110/2 (24.1 ov)
    Scorecard | Series Home
  • March 11, 2021
    Match 9
    Bagmati Province
    266/10 (49.4 ov)
    Tribhuvan Army Club
    256/10 (47.1 ov)
    Scorecard | Series Home
  • March 11, 2021
    Match 10
    Kathmandu Mayor’s XI
    177/10 (37.5 ov)
    Nepal APF Club
    178/3 (44.1 ov)
    Scorecard | Series Home
  • March 10, 2021
    Match 8
    Nepal Police Club
    197/10 (47.4 ov)
    Kathmandu Mayor’s XI
    94/10 (31.2 ov)
    Scorecard | Series Home
  • March 9, 2021
    Match 6
    Bagmati Province
    233/6 (50.0 ov)
    Nepal APF Club
    206/10 (44.4 ov)
    Scorecard | Series Home
  • March 9, 2021
    Match 7
    Tribhuvan Army Club
    87/10 (30.1 ov)
    Nepal Police Club
    90/7 (18.3 ov)
    Scorecard | Series Home
  • मुख्य समाचार

    स्टोक्सले जिते प्रतिष्ठित अवार्ड

    बैंग्लोरकाे लगातार दाेस्राे जित

    जिम्बावेका लेजेन्ड क्रिकेटर स्ट्रिक प्रतिबन्धमा

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal