गण्डकीले एपीएफलाई १०७ रनको लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई १०७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्इाटिङ गरेको गण्डकी ४६ ओभरमा १०६ रन बनाउँदै अल आउट भयो । गण्डकीलाई मूलपानी मैदानमा रोक्ने क्रममा कमलसिंह ऐरीले चार विकेट लिए ।

ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन खर्चिएर ४ विकेट हात पारे ।

यसैगरी अभिनास बोहोरा र शरद भेषावकरले दुई दुई विकेट लिँद्या किशोर महतोको नाममा एक किवेट रह्यो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाउँदा विष्णु पाण्डे र दीपक क्षेत्रीले समान १५–१५ रनको योगदान गरे ।

दिनेश बुढा मगरले १२ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest