एपीएफकाे लगातार दाेस्राे जित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै एपीएफले समुह ए बाट सेमिफाइनलको यात्रा बलियो बनाएको छ । आजको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।

टस हारेर पहिला ब्इाटिङ गरेको गण्डकी ४६ ओभरमा १०६ रन बनाउँदै अल आउट भयो । गण्डकीलाई मूलपानी मैदानमा रोक्ने क्रममा कमलसिंह ऐरीले चार विकेट लिए । ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन खर्चिएर ४ विकेट हात पारे ।

यसैगरी अभिनास बोहोरा र शरद भेषावकरले दुई दुई विकेट लिँद्या किशोर महतोको नाममा एक किवेट रह्यो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाउँदा विष्णु पाण्डे र दीपक क्षेत्रीले समान १५–१५ रनको योगदान गरे ।

दिनेश बुढा मगरले १२ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जवाफमा एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

एपीएफको जितमा आशिफ शेखले विस्फोटक ७८ रन बनाए । उनले ५५ बलमा पाँच चौका र छ छक्का प्रहार गरे । एपीएफको सुरुवात भने राम्रो हुन सकने ।

खातामा एक रन हुँदा पहिलो विकेट गुमाएको उसले दुई रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर सुवास खकुरेल र रित गौतमले खाता खोल्न सकेनन् ।

त्यसपछि तेस्रो विकेटका लागि आशिफ र सुमितले ७३ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । सुमितले १८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest